Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रचण्ड भन्छन् : १५ वाम घटक मिलाएर रेकर्ड बनाइसक्यौँ, हाम्रो ध्यान एमालेतिर छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १२ गते


Advertisement

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू बृहत् वामपन्थी एकताको पक्षमा रहेको बताएका छन्।

धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै १५ वटा वाम घटकलाई एक ठाउँमा ल्याएर आफूहरूले रेकर्ड नै बनाएको जिकिर गरे।

उनले भने, ‘हाम्रो ध्यान एमालेतिर पनि छ, एमालेभित्रका सबै वामपन्थी, देशभक्त र क्रान्तिकारीहरू पनि यही पार्टीमा नै केन्द्रित हुनुपर्छ भन्ने जोड छ। सबैलाई अट्न सक्ने भएकाले नेपाली कम्युनिस्ट पार्टी राखेका हौँ। यहाँ अब कोही माओवादी छैन, अब कोही एकीकृत समाजवादी छैन।’

उनले एमालेभित्र रहेका क्रान्तिकारीहरूलाई पनि गहिरो गरी सोच्न आग्रह गरे ।


प्रतिकृया दिनुहोस्