Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

धनगढीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा : प्रचण्ड- नेपालले सम्बोधन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १२ गते


Advertisement

काठमाडौं । धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको पार्टी एकता सन्देश सभा सुरू भएको छ ।

सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्नेछन् ।

धनगढीको कर्भडहलमा सभा हुनुअघि धनगढी चौराह र क्याम्पस चोकबाट र्‍याली निकालिएको थियो ।

१९ कात्तिकमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित एक दर्जन वाम घटकबीच एकता घोषणा गरिएको थियो ।

यस्तै १४ मंसिरमा गण्डकी प्रदेशको पोखरामा, १५ मंसिरमा कोशी प्रदेशको विराटनगरमा सभा आयोजना हुनेछ ।

यसैगरी १७ मंसिरमा उपत्यका विशेष प्रदेश अन्तर्गत काठमाडौंमा, १८ मंसिरमा कर्णाली प्रदेशको सुर्खेतमा, १९ मंसिरमा संघीय समन्वय प्रदेश अन्तर्गत काठमाडौंमा, २० मंसिरमा मधेश प्रदेशको जनकपुरमा, २१ मंसिरमा प्रवास प्देशहरूको संयुक्त भर्चुअल कार्यक्रम आयोजना हुनेछ ।


प्रतिकृया दिनुहोस्