Skip

Hamro Sanchar

एनपीएलमा आज पनि दुई खेल हुँदै : चितवन र काठमाडौं तथा कर्णाली र विराटनगर भिड्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १२ गते


काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।

चितवन ३ खेलमा ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौंले ४ खेलमा समान अंक जोडेको भएपनि चौथो स्थानमा छ ।

तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न आज जित्नैपर्ने दबाब छ ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट ६ अंक जोडेको छ । आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।


प्रतिकृया दिनुहोस्