Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दल दर्ताको समय ४ दिन थपियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १० गते


Advertisement

काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि चार दिन थपेको छ।

राजनीतिक दल दर्ताका लागि चार दिन थप गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

दल दर्ताको समय आज सकिँदै थियो। आयोगले समय थप गरेसँगै अब मंसिर १४ गतेसम्म दल दर्ता गर्न सकिने छ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन यही मंसिर १ देखि आजसम्मको समय दिएको थियो।

आयोगका अनुसार यसअन्तर्गत मंलबारसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत ८० वटा दलले दल दर्ता गराएका छन्।

आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूबारे मंसिर ११ देखि १८ गतेसम्म छानबिन र रुजु गरी मंसिर २० गते स्वीकृत नामावली प्रकाशन गर्नेछ।

निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले पनि निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान छ ।


प्रतिकृया दिनुहोस्