Skip

Hamro Sanchar

निर्वाचनका लागि दल दर्ता गराउने समय आजसम्म मात्रै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १० गते


काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने समय आजसम्म मात्र रहेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले आजसम्म मात्र दर्ता हुन पाउनेछन्।

निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान छ।

आयोगमा कुल १३४ दल रहेका छन् । तीमध्ये मंगलबारसम्म ८० दलले दल दर्ता गराएका हुन् ।


प्रतिकृया दिनुहोस्