
काठमाडौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज ७ डिग्री सेल्सियसमा झरेको छ।
यसअघि आजै बिहान ५:४५ बजे ७.४ डिग्री सेल्सियस देखिएको उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे ७ डिग्री सेल्सियसमा ओर्लिएको हो। आजको आधिकारिक न्यूनतम तापक्रम यही हो।
मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुमा बिहान ५:४५ बजे मापन गर्छ भने पछि फेरि ८:४५ बजे अपडेट गर्छ।
यस क्रममा महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम विवरण पनि दिएको छ। जसअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ५.५ डिग्री सेल्सियस छ।
हेर्नुहोस् तापक्रमको सूचीस्
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
अतस् माथिको सूचीमा न्यूनतम तापक्रम आजैका हुन् भने अधिकतम तापक्रम हिजो सोमबारका हुन्।


















