Skip

Hamro Sanchar

घरमै मृत भेटिए पत्रकार दिपेन्द्र खनियाँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ७ गते


काठमाडौं । पत्रकार दिपेन्द्र खनियाँ मृत फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार खनियाँ बानेश्वरस्थित घरमा मृत अवस्थामा फेला परेका हुन् ।

‘आज मध्यान्ह १२ बजेतिर घरको बरन्डामा तारको पासो लगाएर झुन्डिएको अवस्थामा उहाँको मृत शरीर भेटिएको छ,’ भट्टराईले भने ।

अहिले घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको उनले जानकारी दिए । खनियाँ रेडियो अडियो एफएमका सञ्चालक थिए ।


प्रतिकृया दिनुहोस्