Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

यदुवंशी रोजेनौँ, कृष्ण जस्ता बाबुराम, जनार्दन रोज्यौँ : सुदन किराँती

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ७ गते


Advertisement

काठमाडौं । नव घोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले आफूहरुले यदुवंशीको ठाउँमा कृष्णहरू रोजेको बताएका छन्।

आज पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णका रुपमा बाबुरा भट्टराई, जनार्दन शर्मा जस्ता नेताहरू रोजेको उल्लेख गरे।

‘हामीले यदुुवंश सेना रोजेनौँ, रोज्यौँ त केवल बाबुराम भट्टराई जस्तो। रोज्यौँ त केवल जनार्दन शर्मा जस्तो। हामीले रोज्यौँ त केवल रामकार्की जस्तो। ओजस्वी भट्टराई जस्तो,’ किराँतीले भने, ‘हामीले कृष्ण रोजेका छौँ।’

‘हामी यो न्यायपूर्ण लडाइँमा हार्ने छैनौँ, जित्ने छौँ। यही आत्म विश्वासका साथ कृष्ण रोजेका हौँ,’ उनले थपे।

कम्युनिस्ट पार्टी छोडेकोबारे आफूूहरुलाई प्रश्न गरिएको भन्दै किराँतीले खोल छोडेर आफूहरूले गुदी बोकेको जिकिर गरे।

‘हामीले खोल चाहिँ उतै छोडिदिएको हो, गुदी बोकेर आएका छौँ,’ उनले भने, ‘जहिले पनि खोल बोकिराख्नुपर्ने। सबैखाले असमानतालाई अन्त्य गर्छु भन्ने, असमानता गरिराख्ने। अब त्यस्तो कम्युनिस्ट पार्टी चल्दैन।’


प्रतिकृया दिनुहोस्