Skip

Hamro Sanchar

प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणासभा सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ७ गते


काठमाडौं । नेताहरू बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणासभा सुरु भएको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सुरु भेलाबाट एकता घोषणा गरिनेछ ।

नेपाल समाजवादी (नयाँ शक्ति)पार्टी, माओवाद त्यागेर प्रगतिशील लोकतान्त्रिक अभियान घोषणा गरेका शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका परियारबीच एकता घोषणा गर्न लागिएको हो ।

पार्टीको नेतृत्व युवालाई सुम्पने तयारी छ । पार्टीको नेतृत्व सामूहिक हुने नेताहरूले बताएका छन् ।


प्रतिकृया दिनुहोस्