Skip

Hamro Sanchar

यस्तो देखियो काठमाडौंमा एमालेको र्‍याली : ट्राफिक अस्तव्यस्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ६ गते


काठमाडौं । नेकपा एमालेले जनपरिचालन कार्यक्रमअन्तर्गत आज काठमाडौंमा जनसभा गर्दै छ ।

प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधिसभाको विघटनको विरोधमा एमालेले कात्तिक २२ गतेदेखि वडा तहबाट जनपरिचालन कार्यक्रम गरिरहेको छ ।वाग्मती प्रदेश कमिटीले आयोजना गरेको जनसभा भृकुटीमण्डपमा हुनेछ ।

एमालेका नेता, कार्यकर्ता, जनसंगठन, सम्पर्क समन्वय कमिटीले र्‍याली निकालेका छन् । र्‍याली प्रदर्शनी मार्गमा जम्मा हुनेक्रन सुरु भएको छ ।

प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटीमण्डपमा आमसभामा परिणत हुनेछ । जनसभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

यस्तै एमालेको जनसभाका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । काठमाडौंको प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई डाइभर्सन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई पद्मोदयमोड र सभागृहमोडबाट डाइभर्सन गरिएको छ ।

एमालेको र्‍याली भइरहेकाले टुडिखेल वरिपरि भएर चल्ने सवारी साधनको आवागमनमा पनि प्रभावित भएको छ ।
सहज यात्राका लागि उक्त सडकको विकल्पमा अन्य सडकको प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।

काठमाडौंको माइतीघरचोकबाट सर्भिस लेन हुँदै थापाथलीतर्फ जाने सवारी साधनलाई मुख्य लेनबाट पठाइएको प्रहरीले जानकारी दिएको छ  । सामाखुसीचोकमा र चावहिलचोकमा पनि मानिसहरू भेला भएकोले सवारी आवागमन प्रभावित भएको छ ।


प्रतिकृया दिनुहोस्