Skip

Hamro Sanchar

आज एमालेले काठमाडौंमा जनसभा गर्दै, ओलीले सम्बोधन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ६ गते


काठमाडौं । नेकपा एमालेले जनपरिचालन कार्यक्रमअन्तर्गत आज काठमाडौंमा जनसभा आयोजना गरेको छ ।

प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधिसभाको विघटनको विरोधमा एमालेले कात्तिक २२ गतेदेखि वडा तहबाट जनपरिचालन कार्यक्रम गरिरहेको छ ।

वाग्मती प्रदेश कमिटीले आयोजना गरेको जनसभा भृकुटीमण्डपमा हुनेछ । एमालेका नेता, कार्यकर्ता, जनसंगठन, सम्पर्क समन्वय कमिटीका तर्फबाट निकालिने र्‍याली प्रदर्शनी मार्गमा जम्मा हुनेछ ।

प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । जनसभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।


प्रतिकृया दिनुहोस्