Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एमाले नेसनल भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी : लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ५ गते


Advertisement

काठमाडौं । नेकपा एमालेले आज नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ।

फोर्सको संयोजकमा पुष्पराज श्रेष्ठ चयन भएका छन्। शुक्रबार काठमाडौँमा पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा श्रेष्ठलाई फोर्सको संयोजक घोषणा गरियो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आफू कटिबद्ध रहेको बताए।

‘पार्टीले जुन आशा भरोसा गरेर हामीलाई एउटा जिम्मेवारी दिएको छ, त्यसलाई एक रत्ति पनि मर्न दिइने छैन। हामी जस्तो अवस्थामा पनि टाउकोमा रातो कफन बाँधेर सडकबाट भने पनि सडकबाट, जहाँबाट लड्न भिड्न पनि तयार छौं, उनले भने, यो सरकारलाई म चुनौती दिन चाहन्छु– यदि तपाईंहरू सच्चिएनौं भने हामीले तपाईंहरू जस्तो विरोध गर्छ, अवरोध गर्छ त्यसको प्रतिकार गर्छौँ।

नेताको घर घेर्न लोकेसन ट्र्याक गरिएको र त्यसै गरी उनीहरूको लोकेसन पनि आफूहरूले हेरेर बसेको बताए।

‘जसरी तपाईंहरूले लोकेसन ट्र्याक गरेर तपाईंहरूले देखाउनुभएको छ, हामीले पनि तपाईंहरूको लोकेसन हेरेका छौं। हामी पनि तपाईंहरूको घर घर घेर्नेछौं,’ उनले भने,ठाउँ ठाउँमा हाम्रो कार्यक्रममा, हाम्रो नेताहरू गएका ठाउँमा रोक्ने काम गरेका छन्। डिस्टर्ब गर्ने काम गरेका छन्। अस्ति भर्खर सिमरा एयरपोर्टमा पाँच दश जना जेनजीको नामबाट झुण्ड परिचालित भएको थियो। त्यस्ता झुण्डले यसैगरी डिस्टर्ब गर्न आयो भने हामीले घर घर, जसरी तपाईंहरूले लोकेसन ट्र्याक गरेर तपाईंहरूले देखाउनुभएको छ, हामीले पनि तपाईंहरूको लोकेसन हेरेका छौं।


प्रतिकृया दिनुहोस्