Skip

Hamro Sanchar

सर्वोच्चको आदेश  :  दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ४ गते


काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

आफ्ना बाबुलाई गैरकानूनी थुनामा राखिएको भन्दै प्रसाईंका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुन्नुको कारण पेश गर्न आदेश दिँदै उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउन भनेको हो ।

प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याउनेगरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मध्यराति पक्राउ गरेको थियो ।

भक्तपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईं अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन् ।


प्रतिकृया दिनुहोस्