
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य घटाएको छ ।
गएराति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।


















