Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बजेट ल्याउन मेयर ज्युसंग छलफल गरे, सकारात्मक संकेत पाएकी छु : उपमेयर डंगोल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २३ गते


Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डंगोलले प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेट नल्याउनु ठिक नहुने बताएकी छन्।

उपमेयर डंगोलले समयमै बजेट ल्याउन आफूले पहल गरिरहेको र यस क्रममा आइतबार मेयर बालेन्द्र शाह बालेनसहित प्रवक्ता र कार्यपालिकाका केही सदस्यसँग अनौपचारिक छलफल गरेर जानकारी पनि दिएकी छन्।

मैले आफ्नो क्षेत्राधिकारभित्र रहेर जनप्रतिनिधिहरूसँग काठमाडौं महानगरपालिकाको बजेट समयमै ल्याउनुपर्छ भनेर पटक–पटक अनौपचारिक छलफल गर्दै आएको जानकारी गराइरहनु पर्छ भन्ने लाग्दैन । कार्यपालिका र नगरसभाका साथै बजेट तर्जुमा तथा कार्यक्रम समितिमा समेत मैले यस विषयमा कुरा राखेकी छु।

उनले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेकी छन्, आइतबार मात्रै पनि मेयरज्यू, प्रवक्ता तथा केही कार्यपालिका सदस्यज्यूहरूसँगको अनौपचारिक भेटघाटमा बोर्ड बैठक र नगरसभा छिटो सम्पन्न गर्ने विषयमा विस्तृत छलफल गरेको छु । उहाँहरुबाट मैले सकारात्मक संकेत पनि पाएकी छु।


प्रतिकृया दिनुहोस्