Skip
आज : २०८३ कार्तिक १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गायिका एलिना र समीक्षालाई प्रधानमन्त्रीले भने : साहसी छोरीहरू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १४ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका एलिना चौहान र समीक्षा अधिकारीको प्रसम्सा गरेका छन् । ओलीले एलिना र समीक्षालाई ‘साहसी छोरीहरू’ भनेका छन् ।

आफूलाई गाली गर्नेहरूलाई सार्वजनिक गर्ने एलिना र समीक्षाको कदम आफूलाई मन परेको पनि ओलीले बताएका छन् ।

“आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्नेजस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने यी दुई गायिकाको तरिका सही लाग्यो ।”

ओलीले समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसकेको भन्दै लेखेका छन्, “राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।


प्रतिकृया दिनुहोस्