Hamro Sanchar

शिवम मार्गी एकीकृत महिला समाजका कार्यलाई नगरपालिकाले साथ दिन्छ : मेयर कार्की

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ६ गते


काठमाडौं, बैशाख ६- कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर-७ हरहरमहादेवको शिवम मार्गी एकीकृत महिला समाजले नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान तथा नेपाली तिथिमितिसहितको भित्तेपात्रो सार्वजनिक गरेको छ ।

समाजले शनिबार नगरपालिकाका मेयर उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमा शिवम मार्ग टोलमा एक कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि कार्कीले महिला समाजले गरेको क्रियाकलापहरुको प्रशंसा गरेका थिए । प्रमुख कार्कीले शिवम मार्गी एकीकृत महिला समाज नगरपालिकाकै उत्कृष्ट महिला समाज रहेको बताए ।

स्थानीय सरकारको तल्लो तह भनेको नै टोल सुधार समिति रहेको स्मरण गराउदै उनले टोल-टोल मिलेर वडाको विकास र सबै वडा मिलेर नगरकै विकास गर्नुपर्नेमा जोड दिए ।

मेयर कार्कीले शिवम मार्गी एकीकृत महिला समाजले स्थापनादेखि गरेका रचनात्मकको प्रशंसा गर्दै भावी कार्यक्रमलाई नगरपालिकाले साथ दिने प्रतिबद्धता जनाए ।

संस्था राम्रो बन्दै गएपछि चुनौती पनि त्यतिकै थपिने भन्दै संयमित भएर समाजका क्रियाकलापलाई अगाडी बढाउन प्रमुख कार्कीले सुझावसमेत दिए ।

महासचिव आस्था सुवेदीले संचालन गरेको कार्यक्रममा बिशेष अतिथि वडा नम्बर-७ का अध्यक्ष भीमसेन थापा, आनन्द भैरव माविका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शंकर थापालगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गीता अर्यालले समापन गरेकी थिइन् ।

समाजले यसअघि निशुल्क आँखा परिक्षण, निशुल्क स्त्री रोग बिशेषज्ञ परामर्श कार्यक्रम, सरसफाई, वृक्षारोपण, योग साधना केन्द्रको स्थापनालगायत रचनात्मक कार्यहरु गरिरहेको छ ।

टोलमा एक सयभन्दा बढी घरपरिवार रहेका छन् ।


प्रतिकृया दिनुहोस्