Hamro Sanchar

त्रिचन्द्रमा फेरि स्ववियू चुनाव स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १२ गते


काठमाडौं । त्रिचन्द्र क्याम्पसमा आजका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन स्थगित भएको छ।

चैत ५ गते तोकिएको निर्वाचन मूलगेटमा नै तालाबन्दी भएपछि रोकिएको थियो । त्यसपछि आजका लागि तय भएको थियो ।

आज बिहान ८ बजेबाट मतदान हुने भनिए पनि सहज वातावरण नभएको भन्दै स्थगित गरिएको निर्वाचन अधिकृत अंगदमणि गौतमले बताए ।

केही विद्यार्थीले फेरि मूख्यगेटमा तालाबन्दी गरेकाले अर्को सूचना प्रकाशन नभएसम्म निर्वाचन रोकिएको उनले बताए ।


प्रतिकृया दिनुहोस्