धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गल्छीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक श्यामकुमार बस्नेतका अनुसार सडकको बीच भागमा चिरा परेर भासिने क्रम जारी छ।
सडक थप भासिँदै गएपछि दुवैतर्फबाट सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।
सडक अवरुद्ध भएपछि उक्त मार्ग भएर यात्रा गर्ने सवारीसाधन प्रभावित भएका छन्।






























