Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बेपत्ताको मृत्यु दर्ता अब ४५ दिनमै, राष्ट्रपतिबाट अध्यादेश जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २३ गते


Advertisement

काठमाडौं । विपद्का कारण बेपत्ता भएका व्यक्तिको मृत्यु दर्ता गर्नुपर्ने समयावधि सरकारले घटाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेसँगै अब बेपत्ता व्यक्तिको मृत्यु दर्ता ४५ दिनभित्रै गर्न सकिने व्यवस्था गरिएको हो।

यसअघि बेपत्ता व्यक्तिको मृत्यु दर्ता गर्न १२ वर्षसम्म कुर्नुपर्ने कानुनी व्यवस्था थियो। नयाँ अध्यादेशले उक्त समयसीमा घटाएर ४५ दिनमा झारेको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा १ अनुसार बुधबार अध्यादेश जारी गरेका हुन्।


प्रतिकृया दिनुहोस्