Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेकपाको जागरण अभियान कात्तिक ७ देखि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २३ गते


Advertisement

२३ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कात्तिक ७ देखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ।

केन्द्रीय कार्यसंयोजन समिति बैठकले अभियानको कार्यविधि पारित गर्दै महाधिवेशन, स्थानीय तह र प्रदेश निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउने निर्णय गरेको हो।

प्रवक्ता प्रकाश ज्वालाका अनुसार अभियानका क्रममा विभिन्न भेला आयोजना गरी महाधिवेशनको तयारी व्यापक बनाइनेछ। साथै, सरकारका जनविरोधी गतिविधि र अराजकताविरुद्ध पनि पार्टीले अभियान चलाउनेछ।

बैठकले पुस ११ गते देशभरका वडामा र माघ १५ गते सबै पालिकामा एकै दिन अधिवेशन गर्ने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचनपछि जिल्ला, प्रदेश हुँदै राष्ट्रिय महाधिवेशन गर्ने तयारीसमेत नेकपाले गरेको छ।


प्रतिकृया दिनुहोस्