Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अदालतमा भोलिदेखि नै दशैँको बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २३ गते


Advertisement

काठमाडौँ । अदालतमा शनिबारदेखि नै दशैँको बिदा सुरु हुने भएको छ।

आइतबार घटस्थापनाको दिन सार्वजनिक बिदा परेपछि शनिबार (भोलि)देखि नै अदालतहरुमा बिदा सुरु हुने भएको हो। सर्वोच्चका अनुसार गोजागत पूर्णिमापछि कात्तिक ७ गतेदेखि अदालतहरु खुला हुनेछन्।

अदालहरुको नियमित काम नभए पनि बिदाको समयमा अत्याआवश्यक कामका लागि खुला रहने छन्। बिदाको अवधिमा पनि बन्दीप्रत्यक्षीकरणका निवेदन, जरुरी पक्राउ पुर्जी सम्बन्धी कामकारबाहीका लागि अदालत खुला रहने भएको हो।

सर्वोच्चसहित सबै तहका अदालतहरुमा घटस्थापना, विजया दशमी, शनिबार र कोजाग्रत पूर्णिमाका दिन बाहेक अन्य दिनहरूमा बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म ती कामका लागि अदालत खुला रहनेछन् ।

 


प्रतिकृया दिनुहोस्