Hamro Sanchar

रोकिएको त्रिचन्द्र क्याम्पसको स्ववियू चुनाव आज हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १२ गते


काठमाडौं । विभिन्न विवादले रोकिएको त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचन आज हुँदैछ ।

मूलगेटमा ताला लागेपछि यसअघि ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो । आज विहान ८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेको छ ।

मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको आधारमा राख्ने भन्नेमा विवाद भएको थियो ।

यहाँ सभापतिमा ९ जना प्रतिस्पर्धी रहेका छन् । नेविसंघबाट गोविन्द कोइराला, अनेरास्ववियुका प्रमित विष्ट र अखिल ९क्रान्तिकारी०का प्रदिप भट्ट उम्मेदवार छन् ।

यसैगरी अखिल क्रान्तिकारीकै मुना पौडेल, नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघका विवेक बानियाँ रहेका छन् ।

त्यस्तै, नेपाल क्रान्तिकारी विद्यार्थी संघकी जेनिशा तिमिल्सेना, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अश्विन नेपाल पनि सभापतिका उम्मेदवार हुन् ।

यसैगरी सागर न्यौपाने र श्रीधर श्रेष्ठ स्वतन्त्र उम्मेदवार हुन् ।


प्रतिकृया दिनुहोस्