Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कुलमानलाई हटाउने निर्णय आधिकारिक रूपमा सार्वजनिक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ११ गते


Advertisement

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय आधिकारिक रूपमा सार्वजनिक गरेको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले घिसिङलाई पदमुक्त गरेको निर्णयबारे पनि जानकारी गराएका हुन्।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटाउने निर्णय भएको छ। प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य (ललितपुर)लाई नियुक्त गर्ने निर्णय पनि भएको छ, उनले भने।

उनले कुलमानसँगको निर्णय सुशासनसँग जोडिएको पनि बताए।

यो सुशासनसँग जोडिएको विषय हो । हरेक विषयमा हामी व्यापारी होइनौँ। नाफा-नोक्सान हेरिएको हुँदैन, उनले भने, लोकतन्त्रमा मान्छे सडकमा निस्किइहाल्छन्।

घिसिङलाई सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस्