Hamro Sanchar

कुलमान हटाएर सरकारले ठूलो गल्ती गर्‍यो, भोलि पश्चाताप हुनेछ : जनार्दन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ११ गते


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर सरकारले ठूलो गल्ती गरेको बताएका छन् ।

आज संसद्को सार्वजनिक लेखा समितिको बैठकमा पूर्वऊर्जामन्त्रीसमेत रहेका शर्माले आफूले योग्य मान्छे छानेर प्राधिकरणको नेतृत्वमा पठाएको पनि बताए ।

सरकारले घिसिङलाई हटाउने निर्णय नसच्याए पश्चाताप हुने उनको भनाइ छ । विद्युत् प्राधिकरणको एमडीले काम गर्न नसकेको आरोप रहेछ । यो कुरा कसैले पत्याउँदैन । सरकारलाई अनुरोध गर्न चाहन्छु, यो निर्णय सच्याओस् । मैले बजारबाट योग्यतम मान्छे छानेर बनाएँ । सरकारले ठूलो गल्ती गर्‍यो । भोलि पश्चाताप हुनेछ ।

०७३ भदौमा तत्कालीन ऊर्जामन्त्री हुँदा शर्माले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए ।


प्रतिकृया दिनुहोस्