
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ सरकारको औपचारिक पत्रको प्रतीक्षामा छन्।
स्रोतका अनुसार बर्खास्तको औपचारिक पत्र प्राप्त भएपछि सरकारको निर्णयविरुद्ध अदालत जाने तयारी कुलमानले गरेका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुमानलाई हटाउँदै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई ल्याएको छ।
देशलाई लोडसेडिङ मुक्त बनाएको भन्दै नागरिकबाट वाहवाही पाइरहेका कुलमानलाई ओली नेतृत्वको सरकारले एकाएक प्राधिकरणबाट हटाएपछि मुलुकभर आक्रोश बढेको छ।
सरकारको निर्णयविरुद्ध सडकमा प्रदर्शनसमेत सुरु भइसकेको छ ।

















