Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सरकारले कुलमानलाई हटाएको विरोध गर्दै शेखरले लेखे: विनाशकाले विपरीत बुद्धि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ११ गते


Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति सत्तापक्षकै नेताहरुले विरोध गरिरहेका छन्।

घिसिङलाईहटाएको विषयमा नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पनि असन्तुष्टि जनाएका छन्। आज बिहान सामाजिक सञ्जालमा लेखेर सरकारको कुशासनको निरन्तरताको अर्को कडीभन्दै आक्रोश व्यक्त गरेकाछन् ।

उनले यो कदमको स्वामित्व कांग्रेसले लिनै नहुने बताए।

‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न’, उनले लेखेका छन्, ’यसरी कति दिन चल्ने र चलाउने रु विनाशकाले विपरीत बुद्धि१’

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस्