Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भ्रष्टाचार मुद्दामा दोषी ठहर भई भागेका विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १० गते


Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेतीलाई पक्राउ गरेको छ।

उनी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए। ६५ वर्षीय उप्रेतीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो।

सो क्रममा उनीविरुद्ध दायर मुद्दामा सर्वोच्चले गत मंसिर १२ गते २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो।

तर उनी त्यसपछि फरार रहेकामा आइतबार काठमाडौंको वनस्थलीबाट पक्राउ परेका हुन्। उनलाई आज फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको र अदालतबाट डिल्लीबजार कारागारमा चलान भएको सीआईबीले जनाएको छ।


प्रतिकृया दिनुहोस्