
काठमाडौं । काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार रुद्रहरी पोखरेलको प्यानलै विजयी भएको छ ।
नेविसंघका राजु मास्टर (लामिछाने) र क्रान्तिकारीका विश्राम शर्मालाई हराउँदै पाखरेलको प्यानलै विजयी भएको हो ।
आज भएको मतदानमा १२ सय ९१ मत खसेको थियो। त्यहाँ १९४८ मतदाता रहेको थिए । ३२६ मतान्तरले अस्कल क्याम्पसमा अनेरास्ववियुको प्यानलले नै विजय हासिल गरेको हो ।
यसअघि चैत ५ गते नै तय भएको स्ववियु निर्वाचन विवादका कारण स्थगित भएको थियो ।

















