
काठमाडौं, चैत ६- उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को “दोश्रो बागमती प्रदेश अधिवेशन” काठमाडौंमा सम्पन्न भएको छ । बुधबार सम्पन्न “दोश्रो हिसान बागमती प्रदेश अधिवेशन”ले २१ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।
हिसान बागमती प्रदेश अध्यक्षमा राजकुमार आचार्यसहित सम्पूर्ण २१ सदस्यीय कार्यसमिति नै निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा, आनन्द कुमार यादव र सन्दिप श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा मदन कुमार सुवेदी, सह-सचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा जयराम वाग्ले निर्वाचित भएका छन् ।
सदस्यहरुमा, बुद्धिराम बन्जाडे, नन्दु कुशवाहा, बरुण पन्थी, आर.डी भट्ट, सुदर्शन जमरकट्टेल, ऋतु न्यौपाने, होम बाहदुर अधिकारी, लक्ष्मण पोख्रेल, पेशल लुइटेल, आकाश पौडेल, विष्णु शर्मा, राम प्रसाद बडाल, भुशील खनाल, सरोज महर्जन र नेत्र प्रसाद भुसाल निर्वाचित भएका हुन् ।
नवनिर्वाचित कार्यसमितिको ३ बर्षको कार्यकाल रहने छ ।