
काठमाडौं, फागुन ९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-३ भद्रबासमा रहेको श्री आदर्श माध्यमिक विद्यालयले ६५औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले बिहिबार एक कार्यक्रमको आयोजना गरि ६५औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा अभिभावक दिवस मनाएको हो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रकाशराज बरालको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य बिष्णु देवी पुडासैनीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख उपेन्द्र कार्कीको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उप-प्रमुख शान्ता थापा, वडाअध्यक्ष राममणि पुडासैनी, वडा नम्बर ४ का अध्यक्ष बिजय श्रेष्ठ ‘धन’, शिक्षा शाखा प्रमुख पुष्पराज ढकाल, बिभिन्न विद्यालयका प्रधानाध्यापक, राजनीतिक दलका प्रतिनिधि, पुर्व विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक डम्बरु प्रसाद पोखरेलद्धारा संचालित कार्यक्रममा निमित्त प्रधानाध्यापक विश्वनाथ पोखरेलले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
+२ तह सम्मको नतिजामा उत्कृष्ट रिजल्ट दिने विद्यालयहरुको सुचीमा नामांकित आदर्श माध्यमिक विद्यालय कक्षा ११ र १२ को पढाइलाई विगत देखि नै विद्यालय तहको वातावरण र अब्बल नतिजा बनाउन सफल भएका छ । २०१७ सालमा स्थापित विद्यालयमा १२ कक्षासम्म Science, Management, humanities r education विषय अध्ययन हुँदै आएको छ । आदर्श मावि अध्ययन गरेका अधिकांश विद्यार्थीहरु सफलतापूर्वक आफ्नो शैक्षिक गन्तव्यमा पुगेका उदाहरणहरु छन् ।
विद्यालय तहको उत्कृष्ट शैक्षिक बातावरण, सुयोग्य, अनुभवी स्थायी शिक्षक समूह रहेकोले निरन्तर उत्कृष्ट रिजल्ट दिदै आएको छ । बिगत ४ बर्षदेखी न्यूनतम शुल्कमा Science बिषय अध्यापन गराउदै आएको विद्यालय नगरपालिकाकै उत्कृष्ट २०७३ र २०७५ विद्यालय बन्न सफल भएको थियो ।
अभिभावक, विद्यार्थी र शिक्षक समूहसँग समन्वयात्मक भूमिका खेल्न सक्ने अनुभवी शैक्षिक प्रशासक र प्रचार्य भएको यस माविमा विद्यार्थीहरुको समुज्ज्वल भबिश्य निर्माण गर्ने, गराउने सन्दर्भमा अग्रसर रहेको पाइन्छ ।