Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पोखरामा बेलुन पड्किएको घटना छानबिन गर्न माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ४ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीलेन्द्र बडूले पोखरामा भएको बेलुन विस्फोटको घटनाको छानबिन गर्न माग गरेका छन्।

आजको प्रतिनिधिसभा बैठकमा उनले शनिबार पोखरा भ्रमण वर्ष, २०२५को लोगो अनावरणका क्रममा बेलुन पड्किँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखर महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटना छानबिनको माग गरेका हुन्।

ुयो घटना किन घट्यो रु कसको कमजोरीले भयो भन्नेमा छानबिन हुनुपर्छ। यस्ता घटनाको पुनरावृत्ति हुन नपाओस्, यसको सुनिश्चितता हुनुपर्छ, उनले भने ।

बडूले पौडेल र आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना गरे। आजको बैठकमा सांसदहरूले स्वास्थ्य लाभको कामना गर्दै यस्ता घटना हुन नदिन सचेतता अपनाउनुपर्ने बताएका छन् ।


प्रतिकृया दिनुहोस्