Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बेलुन पड्केर घाइते भएका अर्थमन्त्री पौडेललाई उपचारका लागि काठमाडौँ ल्याइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ३ गते


Advertisement

काठमाडौं । पोखरामा बेलुन पड्केर घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल ल्याइएको छ।

शनिबार अपरान्ह सिम्रिक एयरको हेलिकोप्टरमार्फत मन्त्री पौडेललाई काठमाडौँ ल्याइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा उडाउन राखिएको बेलुन पड्केर उपप्रधानमन्त्री पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए।

गालामा सामान्य चोट लागेका मेयर आचार्यलाई उपचारको लागि पोखराको फिस्टेल अस्पताल लगिएको छ।

अर्थमन्त्रीको सचिवालयका अनुसार मन्त्री पौडेलको गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि काठमाडौँ ल्याइएको हो।

अटोमेटिक स्विच थिचेपछि बलेको बत्तिको ज्वाला हाइड्रोजन भरिएको बेलुनमा पुग्दा विस्फोट भएको हो।

पोखरा भ्रमण वर्षको उद्घाटन कार्यक्रम पोखरा, ९नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा चलिरहेको छ।


प्रतिकृया दिनुहोस्