काठमाडौं, माघ १९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ बाबाचोकमा अवस्थित गणेश हिमाल माध्यमिक विद्यालयमा सरस्वती पुजाको अवसरमा बिशेष छुटका साथ भर्ना खुलेको छ ।
सोमबार सरस्वती पुजा एवम् नयाँ भर्ना भएका नर्सरीका विद्यार्थीहरुलाई अक्षरारम्भ गरिने बिद्यालय प्रशासनले बताएको छ ।
विद्यालयले पीजी, नर्सरीदेखि कक्षा ८ सम्म बिशेष छुटका साथ भर्ना खुलेको जानकारी दिएको हो ।
सरस्वती पुजाका अवसरमा विद्यालय परिसरमा बिशेष पुजाको आयोजना गरेको छ । उक्त दिन सरस्वती पुजा एवम् साना–साना विद्यार्थीहरुलाई अक्षरारम्भ गरिने छ ।
सरस्वती पुजाको अवसरमा भर्ना भएका विद्यार्थीहरुलाई भर्ना शुल्कमा विशेष छुट दिइनेछ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन सरस्वती पुजा गर्ने गरिन्छ । विद्याकी देवी सरस्वतीको पुजाको दिन अक्षरारम्भ गरेमा विद्यार्थीहरुको पढाई राम्रो हुने जनविश्वास रहेको छ ।