Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

देशबाट हुने आयात-निर्यात दुवै घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ४ गते


Advertisement

काठमाडौं । देशबाट हुने आयात-निर्यात दुवै घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र०८१ को प्रथम त्रैमासिक (साउन-असोज) सम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो।

आर्थिक वर्ष २०८०र८१ को तीन महिनामा कूल वस्तु निर्यात ६।१ प्रतिशतले घटी ३८ अर्ब ३८ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २.३ प्रतिशतले कमी आएको थियो।

गन्तव्यका आधारमा भारत,चीन र अन्य मुलुकतर्फ भएको निर्यात् क्रमश : ५.३ प्रतिशत,२४.८ प्रतिशत र ६.६ प्रतिशतले कमी आएको हो। वस्तुगत आधारमा सोयाविन तेल,चिया,पार्टिकल बोर्ड,जुत्ता तथा चप्पल,पिनालगायतका वस्तुको निर्यात बढेको छ भने जिंक सिट,पाम तेल,अलैची,जुस,तयारी पोशाकलगायतका वस्तुको निर्यात घटेको छ।

यसैगरी आर्थिक वर्ष २०८१र०८२ को तीन महिनामा कूल वस्तु आयात ४.२ प्रतिशतले घटी ३९० अर्ब ७५ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.७ प्रतिशतले वृद्धि भएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत,चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशस ३.९ प्रतिशत,१.५ प्रतिशत र ७.९ प्रतिशतले कमी आएको हो।

वस्तुगत आधारमा यातायात उपकरण,सवारी सधान तथा अन्य सवारी साधनका स्पेयर पार्ट्स,खाने तेल,स्पन्ज आइरन,लसुन,तेलहनलगायतका वस्तुको आयात बढेको छ भने सुन,पेट्रोलियम पदार्थ,विद्युतीय उपकरण,कच्चा पाम तेल,एम एस विलेटलगायतका वस्तुको आयात घटेको छ।


प्रतिकृया दिनुहोस्