काठमाडौं । सुनको मूल्यले हालसम्मकै उच्च मूल्यको कीर्तिमान बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ३ सय रुपैयाँले बढेको हो।
योसँगै सुन आज १ लाख ७१ हजार रुपैयाँ तोलामा कारोबार भएको छ। अघिल्लो दिन सुन १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदी भने ३० रुपैयाँ सस्तो भएको छ। आज चाँदी २ हजार ९० रुपैयाँमा कारोबार भएको हो।
अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ७८५ अमेरिकी डलर प्रतिऔँस मूल्यमा र चाँदी प्रतिऔँस ३३ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन् ।