Skip
आज : २०८१ कार्तिक २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एकैदिन २२ सयले बढ्यो सुनको मुल्य, तोलाको १ लाख ७० हजार नाघ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १४ गते


Advertisement

काठमाडौं । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज ९बुधबार० सुनको मूल्य एक लाख ७० हजार सातसय रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलाको एक लाख ६८ हजार पाँचसय रुपैयाँ थियो। आज एकैदिन २२ सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै महँगो बनेको हो।

चाँदी पनि आज महँगिएको छ। चाँदी आज तोलाको दुई हजार एक सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य दुई हजार एक सय पाँच रुपैयाँ थियो। चाँदी आज तोलामा १५ रुपैयाँ बढेको हो।

सुनको भाउले दिनदिनै नयाँ-नयाँ रेकर्ड बनाउन थालेपछि सर्वसाधारणले सुनको ढिक्का नै किन्न थालेका व्यवसयासीले बताएका छन्।

तिहारको बेला सुनचाँदीको किनबेच धेरै हुन्छ। सुरक्षित लगानी मानिने सुन अप्ठ्यारोमा तत्काल बेचेर नगद आर्जन गर्न सकिने हुँदा सर्वसाधारणले ढिक्का नै किन्न थालेका व्यवसायीले बताएका छन् ।


प्रतिकृया दिनुहोस्