Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

माओवादीले भन्यो: बन्दुक बिसाए पनि बुद्धि र तागत अझै बाँकी छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १० गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामेश्वर राय यादवले माओवादीले बन्दुक बिसाएको भए पनि बुद्धि र तागत अझै बाँकी रहेको दाबी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

पूर्वमन्त्री समेत रहेका यादवले भने, ‘यदी तिमी सच्चिएनौ भने, हिजोको माओवादी जसरी परिवर्तन ल्याए त्यसले हिजाको दिनमा लोकतान्त्रिक आचरण देखाएर बन्दुक मात्रै बिसाएको हो, बुद्धि बिसाएको छैन, पहुँच बिसाएको छैन, तागत बिसाएको छैन।’

उनले खबरदारी सभाको उपस्थितिले वर्तमान सरकारको कान खुल्ने विश्वास पनि व्यक्त गरे। ‘यदी केपी ओलीको बुद्धि खुलेन भने अर्को विकल्प खोज्नेछ,’ यादवले भने।

उनले अहिलेको सरकार भ्रष्टाचार र घुसमा लिप्त हुँदै गएको पनि बताए ।


प्रतिकृया दिनुहोस्