Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तारे होटलमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ७ गते


Advertisement

काठमाडौं । सरकारले तारे होटलहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक लगाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले मंगलबार यस्तो निर्णय गरेको हो ।

विभाग जारी गरेको प्रेस विज्ञप्तिमा तारे होटल (चार तारे, पाँच तारे र पाँच तारे डिलक्स) र सबै रिसोर्ट (डिलक्स र लक्जरी)हरूमा प्लास्टिकजन्य बोटलहरूमा रोक लगाएको हो।

विभागबाट तारे स्तरमा स्तर वर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थ प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएकाले तत्काललाई कम्तीमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टमा खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोटलमा रोक लगाएको पर्यटन विभागका महानिर्देशक डा नारायण रेग्मीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्