Hamro Sanchar

आगामी अधिवेशनमा विचाराधीन विधेयक पेश गर्न संसदीय समितिलाई सभामुखको निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ६ गते


Advertisement

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकहरु आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिएका छन् ।

घिमिरेले आज संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई बोलाएका थिए ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको छलफलमा सभामुख घिमिरेले कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ भनेर चासो राखेका थिए।

समिति सभापतिहरुले संसद अधिवेशन अन्त्य भएसँग बैठक बस्न नसकेको बताएका छन् । अधिकांश सांसद गृह जिल्लामा गएकाले बैठक बस्न कोरम समेत नपुगेको उनीहरुले बताएका छन् ।

बैठक बस्दा चिया नास्ताका लागि समेत समस्या भएको समिति सभापतिहरुले बताएको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोत्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिए ।

सभामुख घिमिरेले भने संसदको अधिवेशनमा समितिमा रहेका सबै विधेयक पेश गर्न निर्देशन दिएका छन् ।


प्रतिकृया दिनुहोस्