Hamro Sanchar

लमजुङका भेषबहादुर पौडेल गण्डकीको वन मन्त्रीमा नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ५ गते


Advertisement

पोखरा । गण्डकी प्रदेश सरकारमा रिक्त वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन्।

उनी नेपाली कांग्रेसमा शेखर कोइराला निकट हुन् । सोमबार साढे ४ बजे उनले पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

गत भदौ १७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दा तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री दीपक मनाङे (राजीव गुरुङ)लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

तर, त्यसमा असन्तुष्टि जनाउँदै मनाङेले राजीनामा दिएका थिए ।


प्रतिकृया दिनुहोस्