Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मोरङका एसपी नवराज कार्की हेडक्वार्टर तानिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २ गते


Advertisement

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की प्रहरी प्रधान कार्यालय तानिएका छन्। प्रहरी आचरणविपरीत काम गरेको आरोप उनीमाथि लागेको छ।

उनलाई प्रहरी प्रधान कार्यालय तानेर जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा एसपी राजन लिम्बुलाई पठाइएको छ। लिम्बु प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए।

आर्थिक रुपमा व्यावसायिक आचरणविपरीतका गतिविधिमा संलग्ननता देखिएपछि उनलाई फिर्ता गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

२०८० फागुन २ गते मोरङ सरुवा भएका कार्की ८ महिनामै फिर्ता भएका हुन्। प्रहरीमा सामान्यतः एक वर्षमा मात्रै इन्चार्ज सरुवा हुन्छन् ।


प्रतिकृया दिनुहोस्