Hamro Sanchar

महन्थ ठाकुर पनि विपक्षी दलहरूको बैठकमा

प्रचण्डले झुक्याएर बोलाएको लोसपाको दाबी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २ गते


Advertisement

काठमाडौं । प्रतिपक्षी दलहरूको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा जारी छ । बैठकमा विपक्षी दलका शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष प्रचण्ड, उपमहासचिव शक्तिबहादुर बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल, सुमना श्रेष्ठ, बिराजभक्त श्रेष्ठ सहभागी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष ठाकुर, आम जनता पार्टी अध्यक्ष प्रभु शाह लगायत सहभागी छन् ।

यस्तै सो बैठकमा ठाकुरको सहभागिता राजनीतिक रूपमा चर्चाको विषय बनेको छ ।

तर लोसपा नेपालका नेताहरूले आफ्नो दलका अध्यक्षलाई माओवादी अध्यक्ष प्रचण्डले झुक्क्याएर बोलाएको दाबी गरेका छन् । लोसपा नेपालका महासचिव मनिष मिश्रले आफ्नो दलका अध्यक्ष ठाकुरलाई माओवादी अध्यक्ष प्रचण्डले फोन गरेर बोलाएका कारण गएको बताए ।

अध्यक्ष ठाकुरले बैठकमा केही कुरा नगरी उनीहरूको कुरा सुनेर फर्किएको महासचिव मिश्रले बताए । एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा लोसपा नेपालबाट शरतसिंह भण्डारी श्रम मन्त्री छन् ।


प्रतिकृया दिनुहोस्