Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जग्गाकाे विषयमा विवाद हुदा दाईले गरे भाइको हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १ गते


Advertisement

दाङ । दाङमा एक युवकले आफ्नै भाइको हत्या गरेका छन्।

भक्तपुरको चाँगुनारायण नगरपालिका- ६ घर भइ हाल दाङको बबई गाउँपालिका- ४ बस्ने २० वर्षीय अनिल तामाङको हत्या भएको हो।

अनिलको हत्या गरेको आरोपमा उनका दाजु ३२ वर्षीय पूर्ण तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घरायसी विवादमा उनले चक्कु प्रहार गरी गएको मंगलबार भाइको हत्या गरेका प्रहरीले जनाएको छ।

आफूमाथि पेटमा चक्कु प्रहार भएपछि अनिल आफैँले प्रहरीलाई खबर गरेका थिए। गम्भीर घाइते अवस्थामा रहेका अनिललाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। उनको उपचारकै क्रममा मंगलबारै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलभन्दा केही पर लुकेर बसेको अवस्थामा पूर्णबहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका लागि प्रहरीले उनीहरुका बुवा सोमार तामाङलाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीले घटनामा प्रयोग भएको चक्कु पनि बरामद गरेको छ।


प्रतिकृया दिनुहोस्