काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका निम्ति १० करोड रकम सरकारसँग माग गरेको छ ।
उपनिर्वाचनका लागि करिब १० करोड माग गरिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
“१० करोड हाराहारी माग गरिएको छ । अर्थ मन्त्रालयबाट रकम भने प्राप्त भइसकेको छैन,” उनले भने ।
मंसिर १६ गते हुने स्थानीय तहमा रिक्त प्रमुखरउप्रमुख, अध्यक्षरउपाध्यक्ष र वडा अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि २५ वटा राजनीतिक दल दर्ता भएका छन् । मंसिर २ गते उमेदवारी दर्ता गरिने आयोगले जनाएको छ ।