Skip
आज : २०८१ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २१ गते


Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । सोमबार राष्ट्रपतिको भवन शीतलनिवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रपतिलाई प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपालको सहभागिताबारे जानकारी गराएका उनको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत अधिकारी सहभागी थिए ।

प्रधानमन्त्री नेतृत्वको टोली राष्ट्रसंघको महासभामा भाग लिन यही असोज ४ गते अमेरिका गएको थियो । प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । उनी असोज १४ गते स्वदेश फर्किएका हुन् ।


प्रतिकृया दिनुहोस्