Skip
आज : २०८१ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कार्यकर्ताहरूलाई शेखरको आग्रह : जनताको सुख-दुखमा पनि पुग्नुस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २१ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जनताको सुखदु:ख साथ दिन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

बालुवाटारस्थित सम्पर्क कार्यालयमा सोमबार बिहान नेपाल दलित संघका नेताहरूसँगको भेटमा बोल्दै उनले जनताका सुखदुस्खमा साथ दिन आग्रह गरेका हुन्।

उनले आगामी आमचुनावमा कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने गरी काम गर्नुपर्ने पनि बताए।

‘कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने हो। त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला। दसैं तिहारको रमाइलोमा मात्रै होइन जनताको सुख, दुस्खमा पनि पुग्नुस, दसैंको शुभकामना पनि छ,’ उनले भने।

कांग्रेसमा पैसा नहुनेहरुले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५औं महाधिवेशन पर्खनुपर्ने उनले बताए।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जनताको सुखदुस्ख साथ दिन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

बालुवाटारस्थित सम्पर्क कार्यालयमा सोमबार बिहान नेपाल दलित संघका नेताहरूसँगको भेटमा बोल्दै उनले जनताका सुखदुस्खमा साथ दिन आग्रह गरेका हुन्।

उनले आगामी आमचुनावमा कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने गरी काम गर्नुपर्ने पनि बताए।

‘कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने हो। त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला। दसैं तिहारको रमाइलोमा मात्रै होइन जनताको सुख, दुस्खमा पनि पुग्नुस, दसैंको शुभकामना पनि छ,’ उनले भने।

कांग्रेसमा पैसा नहुनेहरुले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५औं महाधिवेशन पर्खनुपर्ने उनले बताए।

‘१५ औं महाधिवेशनपछि यस्तो धारणा हटेर जान्छ । इमान्दार र योग्य जोकोहीले अवसर पाउँछ भन्ने मान्यता १५ औं महाधिवेशनपछि स्थापित गरिछाड्छौ,’ उनले भने

‘१५ औं महाधिवेशनपछि यस्तो धारणा हटेर जान्छ । इमान्दार र योग्य जोकोहीले अवसर पाउँछ भन्ने मान्यता १५ औं महाधिवेशनपछि स्थापित गरिछाड्छौ,’ उनले भने ।


प्रतिकृया दिनुहोस्