Skip
आज : २०८१ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज यी प्रदेशमा बर्षाको सम्भावना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २१ गते


Advertisement

काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिसकेकाले त्यहाँ पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ।

यसका अतिरिक्त देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भू–भाग तथा आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

अहिले बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

सोमबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


प्रतिकृया दिनुहोस्