Skip
आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सहकारी ठगि छानबिन समितिले पनि रविलाई दोषी देखाएको छैन: प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २० गते


Advertisement

चितवन । नेकपा माओवादी केन्द्र्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा रवि लामिछानेले सहकारी ठगी गरेको प्रमाण नपाएको बताएका छन् ।

आफू प्रधानमन्त्री हुँदा रोष्टमबाट तत्कालीन गृहमन्त्री लामिछानेबारे जवाफ दिन अनुसन्धान गर्ने निकायमा केही प्रमाण छ भने दिनुस् भनेर सोध्दा तीनवटै सुरक्षा निकाय र पोखरा प्रहरीले प्रमाण नभएको बताएको भन्दै प्रचण्डले बताए।

आज चितवन आइपुगेका प्रचण्डले आफूले संसदको रोष्टमबाट लामिछानेलाई गलत ढंगले क्लीन चीट दिएको नभई प्रमाण नभएको कुरा बताएको दाबी गरे ।

उनले पत्रकारहरुसँग भने, ‘सहकारी ठगीसम्बन्धी अध्ययन गर्न बनेको संसदीय कार्यदलले पनि लामिछानेलाई दोषी देखाएको छैन ।’

प्रचण्डले गोरखा मिडिया नेटवर्कसम्बन्धी केही चिज छ भनिएको, यद्यपि पोखराको अदालतले समेत रविलाई समाउन दोषी नभएको भनेको आफूले सुनेको बताए ।

रवि, बालेन, दुर्गा प्रसाईंहरुलाई प्रचण्डले चलाएको भन्ने प्रधानमन्त्री केपी ओलीले आफूलाई आरोप लगाएको भन्दै उनले उनीहरु निर्वाचित भएदेखि नै आफूले उनीहरुले चुनाव जित्दै गर्दा लोकतन्त्रका नयाँ फूलहरु हुन् संरक्षण गर्नुपर्छ भनेको र त्यो भनाइमा अहिले पनि दृढ रहेको बताए ।


प्रतिकृया दिनुहोस्