Skip
आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एमालेले गर्यो उद्धार कोषमा ५० लाख हस्तान्तरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २० गते


Advertisement

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा ९एमाले०ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए । तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको उनले उल्लेख गरे ।

यही असोज १५ गते बसेको एमाले सचिवालय तथा संसदीय दलको बैठकबाट उक्त कोषमा ५० लाख र सांसदहरूको आधा महिनाको तलबबराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरिएको थियो ।


प्रतिकृया दिनुहोस्